विराटचोकः आज पनि शेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आज एकै दिन शेयर बजार परिसूचक मापक नेप्से १०५.५० अङ्क अर्थात् ३.७९ प्रतिशतले घटेको हो ।
७ कम्पनीको मूल्य बढ्दा ६ वटाको बढ्यो १० प्रतिशत
बजार घट्दा सबै कम्पनीको शेयरमूल्य घटेको छ । तर हालै दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएका ६ वाट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । युनियन हाइड्रोपावरको शेयरमूल्य ०.२० प्रतिशत बढेको छ । बाँकी सबै कम्पनीको शेयरमूल्य घटेको छ ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर लिमिटेड, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रोको शेयरमूल्य १० प्रतिशत बढेको छ ।
नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, तथा भूगोल इनर्जी डेभलपमेन्ट, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीको शेयरमूल्य १० प्रतिशत घटेको छ ।
घटेको बजारमा ७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
नेप्से परिसूचक २६७६.६८ अंकमा अडिँदा आज ३४५ कम्पनीको १ लाख ४१ हजार ३६ पटक ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँको शेयर कारोबार भएको छ ।
सबै समूहको परिसूचक ओरालो लागेको बजारमा अन्य समूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशतले घटेको छ ।
घटेको बजारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५८ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५० अर्ब ६५ करोड ६६ लाख २४ हजार ६०५ रुपैयाँ कायम भएको छ ।



