विराटचोकः यो साता सुनको मूल्य १३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत १३ गते शुक्रबार २ लाख ८१ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य चैत २० गते शुक्रबारसम्म आइपुग्दा १३ हजार बढेर २ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
यो साता ३ दिन सुनको मूल्य बढ्दा दुई दिन घट्यो भने एक दिन स्थिर रह्यो ।
महासंघका अनुसार गत चैत १५ गते आइतबार सुनको मूल्य ५ हजार रुपैयाँ बढेको थियो । चैत १६ गते सोमबार भने सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँ घटेको थियो ।
मंगलबार ६ हजार ७०० रुपैयाँ र बुधबार ७ हजार ४०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने ३ हजार ६०० रुपैयाँले घटेको थियो ।
शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो ।



