Saturday, April 4, 2026
Homeअर्थशेयरसातामा साढे ५ प्रतिशत घट्यो नेप्से परिसूचक, १६८ अङ्कको गिरावट

सातामा साढे ५ प्रतिशत घट्यो नेप्से परिसूचक, १६८ अङ्कको गिरावट

विराटचोकः सरकार गठनपछिको यो साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ । गत साता २९५०.१६ बिन्दुमा बन्द भएको नेप्से यो साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अङ्क बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ ।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा १६ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा यो साता दैनिक औसतमा १२ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ ।

यो साता नेप्सेको कुल बजार पूँजीकरण साढे ५ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता २ खर्ब ७९ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ ।

यो साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.०२ प्रतिशत बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक ओरालो लागेका छन् । अन्य उपसमूहको परिसूचक सर्वाधिक १०.१५ प्रतिशत घटेको छ ।

नेप्सेमा यो साता ११ कम्पनीको ७ करोड ७५ लाख ४७ हजार ४३ कित्ता शेयर सूचीकृत भएको छ ।

सातामा रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक १५.६० प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments