सुन्दरहरैंचाः केही समयअघिदेखि दोस्रो बजारमा कारोबारमा आएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आज उच्च कारोबार भएको छ ।
बजार खुलेको १ घण्टा अर्थात् १२ बजेसम्ममा जम्मा २७१ कम्पनीको २ अर्ब ८१ करोड रुपैयाँको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको मात्रै १ अर्ब ३ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो । दोस्रो बजारमा आएदेखि दिनहुँ १० प्रतिशतका दरले मूल्य बढेको सो कम्पनीको शेयरमूल्य आज ४ प्रतिशत बढेपछि ६२६ रुपैयाँ ४० पैसा बढेर ओरालो लागेको थियो । झण्डै १० प्रतिशत घटेर ५५८ रुपैयाँसम्म झरेको शेयर अहिले दिउँसो १२ बज्दा ६१५ रुपैयाँ आसपास कारोबार भइरहेको छ ।