विराटचोकः जेनजी आन्दोलनपछि बनेको पहिलो संसदमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट भनाइ राख्दै नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् । यस पटक रास्वपाले त्योभन्दा राम्रो मत पाएको हुनाले त्यसलाई दुरुपयोग गर्ने गल्ती नगर्न उनले सुझाव दिएका छन् ।
‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा ग¥यौँ,’ उनले भने, ‘पछिचाहिँ हामीले पार्टी एकता ग¥यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’
उनले रास्वपालाई शिक्षाको रुपमा लिएर पार्टी र देशलाई अघि लैजान आग्रह गरे । यसका लागि नेकपाले सहयोग गर्ने पनि उनको भनाइ छ ।
क्रमशः सिट सङ्ख्याका आधारमा ठूला दलका नेताले बोल्दै जाने क्रममा नेकपाको पालोमा पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।



