विराटचोकः गत निर्वाचनमा कर्मचारी, सेना र बारबरा फाउण्डेसनको सहयोगमा रास्वपाले चुनाव जितेको नेकपा एमालेले जनाएको छ ।
आज शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चामत्कारिक विजय’मा नेपाली सेनादेखि बारबरा फाउन्डेसनलगायतका शक्तिको साथ भएको बताएका हुन् ।
रास्वपालाई टीओबीलगायतका समूहको पनि साथ भएको र त्यसलाई अल्गोरिदम, एआई र गोयबल्स तरिका अपनाइएको उनको भनाइ थियो । शान्ति र समृद्धिका नायकलाई खुंखार खलनायकको रूपमा चित्रित गरेको र देश जलाउनेलाई नायकको रूपमा चित्रित गरिएको उनको भनाइ थियो



