विराटचोकः आजदेखि शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले अब कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने भाव व्यक्त गरेका छन् ।
आङ्देम्बेले भने, ‘जेन–जी पुस्ताले उठाएको मुद्दालाई टुङ्गोमा पुर्याउन कांग्रेस प्रतिबद्ध छ । हामी उनीहरूका मुद्दा खबरदारी गर्न टुंगोमा पुर्याउन हामी तयार छौँ ।’
फरक दल भए पनि हामी सबै दल एउटै नौकामा सवार भएको हुनाले नागरिक पंक्तिमा आशा र विश्वास निरन्तर जगाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।



