विराटचोकः फागुन २१ गते सम्पन्न निर्वाचनपछि बसेको पहिलो बैठकमा पहिलो सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाले प्रतिपक्षीको आवाज कमजोर नबनाउने र रास्वपाले गल्ती गरेमा झक्झक्याइदिन अनुरोध गरेका छन् ।
संसदमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले संसदको सबैभन्दा ठूलो दल रास्वपाका सभापति रवि लामिछानेलाई बोल्नका लागि २५ मिनेटको समय दिएका थिए । सो क्रममा बोल्दै लामिछानेले प्रतिपक्षीको आवाज कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने हामीले अस्ति भर्खरै देखेको हुनाले त्यस्तो गल्ती नगरिने बताए ।
प्रतिपक्षीलाई समेत साथमा लिएर अघि जाने भन्दै सत्तापक्ष र प्रतिपक्षी एकअर्काको पूरक भएको उनले बताए ।



