Thursday, April 2, 2026
Homeअर्थहवाइ इन्धनको मूल्यवृद्धिसँगै बढ्यो भाडादर

हवाइ इन्धनको मूल्यवृद्धिसँगै बढ्यो भाडादर

विराटचोकः हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडानको भाडा वृद्धि भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौं–धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।

प्राधिकरणका अनुसार भाडादरमा इन्धनको मूल्य (फ्युल चार्ज) मात्र बढेको हो । यसअघि धनगढीका लागि भाडामा इन्धनको मूल्य ५ हजार ६ सय १० तोकिएको थियो । अब धनगढी रुटको भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब धनगढीको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ ।

भाडादरमा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क थप हुन्छ । वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडादर कार्यान्वयनमा आइसकेको छ ।

त्यस्तै, काठमाडौं–माउन्टेन रुटको भाडा अब अधिकतम १८ हजार २६ र न्यूनतम ११ हजार ३ सय ४२ पुगेको छ ।

काठमाडौं–भद्रपुर न्यूनतम ९ हजार ९८९.२ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ ।

त्यस्तै काठमाडौं–विराटनगरको न्यूनतम ८ हजार ८८.९ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ ।

काठमाडौं–जनकपुर न्यूनतम ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ ।

काठमाडौं–पोखरा रुटको न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं–भैरहवा रुटको न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ पुगेको छ ।

काठमाडौं–नेपालगन्ज भाडा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १ सय ४८ पुगेको छ ।

काठमाडौं–तुम्लिङटार न्यूनतम ६ हजार ३ सय २७ र अधिकतम ९ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।

सिमरा–धनगढी रुटको भाडा २६ हजार ३ सय ६ पुगेको छ । जसमा इन्धन शुल्क १२ हजार ७ सय ३५ पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments