विराटचोकः आज पनि नेप्से परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर २७७६.३६ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
सबै समूह राताम्य हुँदा अन्य समूह सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ ।
घटेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ्ग हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको शेयरभाउ १० प्रतिशतले बढेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले घट्दा सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी र हिमालयन रि इन्स्योरेन्स उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब २० अर्ब ११ करोड ५९ लाख ९५ हजार ५५१ रुपैयाँ कायम भएको छ ।



