विराटचोकः नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चार ओटा कम्पनी थपिएका छन् । होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन गरी प्रत्येक समूहमा एक–एक कम्पनी आईपीओको पाइपलाइनमा बसेका हुन् ।
होटल तथा पर्यटन समूहतर्फ बुढानिलकण्ठ हेरिटिज लिमिटेडले ४९ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ ।
हाइड्रोपावर समूहमा सभापोखरी हाइड्रोपावरले १० लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।
लगानी समूहतर्फ इष्टर्न सहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमित दिएको छ ।
उत्पादन तथा प्रशोधन समूहतर्फ नेशनल बायोटेक लिमिटेडले १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएको छ ।



