Wednesday, April 1, 2026
Homeप्रविधिथ्रीजी सिमलाई फोरजीमा रुपान्तरण गर्दै नेपाल टेलिकम

थ्रीजी सिमलाई फोरजीमा रुपान्तरण गर्दै नेपाल टेलिकम

विराटचोकः थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजीमा क्रमशः रूपान्तरण गर्ने गरी नेपाल टेलिकमले कार्य अघि बढाएको छ ।

नेपाल टेलिकमले थ्रीजी सिम प्रयोगकर्ता ग्राहकहरूलाई सिम परिवर्तनका लागि फोन तथा एसएमएस मार्फत जानकारी गराइरहेको छ । सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने व्यवस्था टेलिकमले गरेको हो ।

ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा अद्यावधिक गर्न सकिने टेलिकमले जनाएको छ । फोरजीमा सिम परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरु देखाएर नयाँ फोरजी सिम लिन सकिने व्यवस्था टेलिकमले गरेको हो ।

आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *४४४# डायल गर्न सकिने कम्पनीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments