Tuesday, December 24, 2024
Homeफिचरउतारचढावका बीच ओरालो लागेको बजारमा पौने १० अर्बको कारोबार

उतारचढावका बीच ओरालो लागेको बजारमा पौने १० अर्बको कारोबार

विराटचोकः उतारचढावका बीच बुधबार बजार १२ दशमलव १० अंकले घटेर २ हजार १६३ दशमलव ०६ विन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृत मध्ये ३०० वटा कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर २ लाख १० हजार ४७१ पटक किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये अन्य, लघुवित्त, विकास बैंक, बैंकिङ समूहबाहेक अरु सबैमा रातो पोतिँदा अन्य समूह भने सर्वाधिक १ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वित्त समूह ३ दशमलव ५१ प्रतिशतले घटेको छ ।

अघिल्लो महिनादेखि कारोबारमा आएको हिमालयन रिइन्स्योरेन्सको आज सबैभन्दा बढी ६५ करोड ८४ लाख ९० हजार २८५ रुपैयाँको कारोबार भएको छ । ङादी ग्रूप पावर, सोनापुर मिनरल्स एन्ड आयल र मुक्तिनाथ कृषि कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बजार घटे पनि हिमालयन रिइन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ईष्टर्न हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र भूगोल इनर्जी पावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३३ खर्ब ९७ अर्ब ४१ करोड १८ लाख ६२ हजार ४३५ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments