विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



