विराटचोकः बिक्री दबाबमा रहेको शेयर बजारमा आज दुई घण्टामा ४ अर्ब ५० करोड ८१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार खुलेदेखि नै राताम्य रहेको बजार दिउँसो १ बजेसम्ममा ३६ दशमलव ८३ अङ्क घटेको छ ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंक, आँखु खोला जलविद्युत कम्पनी र रिडी पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार घटे पनि ६ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक लगभग ३७ अङ्क घटेर २८१४ आसपासमा शेयर किनबेच भइरहेको छ ।



