काठमाडौंः प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलियालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, काठमाडौं रानीवनका ३६ वर्षीय विमल तामाङ, रामेछापको खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङको नीलकण्ठ नगरपालिका–५ की ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल छन् ।
प्रहरीले उनीहरूबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरेको बताइएको छ ।
प्रहरीले हिजो यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई पक्राउ गरेको थियो ।



