विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी सांसद गणेश कार्कीले भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
कोशी प्रदेशका प्रत्यक्षतर्फका सांसदहरूको प्रधानमन्त्रीसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव राखेका हुन् ।
भूमि र सुकुम्बासीसँग जोडिएका समस्या देशभर भए पनि मोरङ क्षेत्र नम्बर ३ मा धेरै जटिल र विशेष समस्या भएको हुनाले ती समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गरेर नयाँ सिकाइ देशभर फैलाउनुपर्ने उनको भनाइ छ ।



