Tuesday, March 31, 2026
Homeराजनीतिआन्दोलनमा एमालेले माग्यो अन्य दल र नागरिक समाजको समर्थन

आन्दोलनमा एमालेले माग्यो अन्य दल र नागरिक समाजको समर्थन

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एमालेले अन्य दल र नागरिक समाजको सहयोग र समर्थनका लागि अपिल गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको हो । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ गिरफ्तारीको विरोधमा देशव्यापी आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

सो आन्दोलनलाई प्रभावकारी बनाउन सबै राजनीतिक शक्ति र नागरिक समाजलाई एकताबद्ध हुन एमालेले आग्रह गरेको हो । पार्टीले आन्दोलनलाई निरन्तरता दिन बैशाख १२ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

एमालेले आफ्ना शान्तिपूर्ण विरोध कार्यक्रममाथि सरकारले अधिक बल प्रयोग गरेको आरोप लगाएको छ । आन्दोलनमा घाइते भएका कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments