Sunday, October 18, 2026
Homeसमाचारपत्रकार हरिबहादुर लम्जेल षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पुरस्कृत

पत्रकार हरिबहादुर लम्जेल षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पुरस्कृत

विराटनगरः नेपाल पत्रकार महासंघ मोरङले धनकुटाका पत्रकार हरिबहादुर लम्जेललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पुरस्कृत गरेको छ ।
नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले पत्रकार लम्जेललाई नगद २५ हजार राशीको पुरस्कार प्रदान गर्नुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा पुरस्कार वितरण भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, पुरस्कारका संस्थापक केदारबहादुर बस्नेत, महासंघ मोरङका पूर्वअध्यक्षहरू, पत्रकारका संघ–संगठनका प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङले प्रकाशन गरेको २०८३ को पात्रो पनि सार्वजनिक गरिएको थियो ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments