Monday, March 30, 2026
Homeअर्थसवारीयातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया नियन्त्रणमा

यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया नियन्त्रणमा

काठमाडौंः प्रहरीले आज यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा रकम असुल्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले ‘स्पट अपरेशन’ सञ्चालन गर्दै पक्राउ गरेको जनाइएको छ । कार्यालय परिसरमै सक्रिय भएर ‘फास्ट ट्रयाक’को नाममा सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएर कारबाही अघि बढाएको जनाएको छ ।

पक्राउ परेकाहरूलाई अहिले प्रहरी वृत्त सातदोबाटोमा राखेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सार्वजनिक सेवा कार्यालयहरूमा बिचौलियाको प्रभाव बढ्दै गएपछि यस्तो ‘क्लिनअप अपरेशन’ शुरु गरिएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments