विराटचोकः मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लक इन अवधि चैत १९ गते सकिने भएको छ ।
सो कम्पनीको जम्मा शेयर सङ्ख्यामा संस्थापक शेयर सङ्ख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरूको शेयर सङ्ख्या ३२ हजार २८ कित्ता र स्थानीयहरूको शेयर सङ्ख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।



