विराटचोकः फोन किन्दा कार जित्ने अवसरसहित होनोरले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । आफ्नो सबैभन्दा ठूलो अभियान अन्तर्गत कम्पनीले होनोर एक्स ९ डी को प्रत्येक खरिदमा दिपल एसओ ५ कार जित्ने अफर सार्वजनिक गरेको छ ।
३० दिनका लागि नेपालभर आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान सञ्चालन गरेको जनाएको कम्पनीले स्मार्टफोनभन्दा बढी मूल्य प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको जनाएको छ । यस अभियानले नवीनता र आकांक्षाको संयोजन प्रस्तुत गर्ने पनि कम्पनीले जनाएको छ । २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी ६९ के वाटर रेसिस्टेन्स र ८३०० एमएएच ब्याट्रीका लागि परिचित होनोर एक्स ९ डी अब आकर्षक बन्डल अफरहरूसँगै प्रिमियम इलेक्ट्रिक एसयूभी घर लैजाने अवसरसहित आएको कम्पनीको भनाइ छ ।
अभियान अवधिमा होनोर एक्स ९ डी खरिद गर्ने ग्राहकहरूले स्टाइलिस र फ्युचरिस्टिक दिपल एसओ ५ जित्न सक्ने कम्पनीले जनाएको छ । साथै, १५ हजार ९९९ रुपैयाँ बराबरको होनोर च्वाइस वाच २ प्रो समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
६ महिनासम्म एकपटक फ्रन्ट रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीले भएको क्षतिको मर्मतको सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
होनोर एक्स ९ डी को ८ जिबी र्याम र २५६ जिबी स्टोरेजको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने १२५ जिबी र्याम र २५६ जिबी स्टोरेजको मूल्य ५९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।





