Sunday, March 29, 2026
Homeअर्थशेयरबजार बढ्ने अपेक्षामा बसेका शेयर लगानीकर्तालाई बजारले देखायो उल्टो गति

बजार बढ्ने अपेक्षामा बसेका शेयर लगानीकर्तालाई बजारले देखायो उल्टो गति

विराटचोकः लगानीकर्ताको अपेक्षाविपरीत आज शेयर बजार मापन गर्ने परिसूचक (नेप्से इण्डेक्स) ७१.०५ अङ्क अर्थात् २.४० प्रतिशतले घटेर २८७९.११ को बिन्दुमा अडिएको छ ।

नयाँ सरकार गठनलगत्तै उत्साहित बनेका लगानीकर्ता एमालेले गरेको आन्दोलनका कारण त्रसित बनेको हुन सक्ने अनुमान गरिएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १ लाख ९६ हजार १५८ पटक किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको शेयर कारोबार भएको छ ।

घटेको बजारमा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसरी मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ्ग हाइड्रो र होटल फरेस्ट इन रहेका छन् ।

घटेको बजारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.१७ प्रतिशत घटेको छ । हिमालयन बैंकको डिबेन्चर, हिमाल दोलखा हाइड्रोपावर, अभियान लघुवित्त र माउण्टेन हाइड्रो उच्च मूल्य घट्ने ५ कम्पनीमा परेका छन् ।

नेप्सेमा सूचीकृत सबै समूह राताम्य हुँदा फाइनान्स समूह सर्वाधिक ३.३७ प्रतिशतले घटेको छ ।

रिडी पावरको सर्वाधिक ७१ करोड ११ लाख ७३ हजार ५५६ रुपैयाँको शेयर बिक्री भएको बजारमा उच्च कारोबार गर्ने ५ कम्पनीमध्ये ४ वटा कम्पनी जलविद्युत कम्पनीहरु छन् । ङादी ग्रुप पावर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेशनल हाइड्रोपावर कम्पनीको उच्च कारोबार भएको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब ९४ अर्ब ८० करोड ६६ लाख ५० हजार ७९८ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments