विराटचोकः पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरूले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएका छन् । हिजो पनि एमाले कार्यकर्ताले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा एक जना घाइते भएका थिए भने ७ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
एमाले सचिवालय बैठकको निर्णयअनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।
शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित बनेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै शनिबार बिहान ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।
सोही घटनालाई लिएर एमाले आन्दोलित भएको हो ।





