काठमाडौंः नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ ।
खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका व्यक्ति छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।
सरकारले हिजो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।





