इटहरीः विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा सक्रिय अथर इनर्जीको विद्युतीय स्कुटर ‘रिज्टा एस’ इटहरीमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक विद्या इनर्जी प्रालिले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासहित विद्युतीय स्कुटर बजारमा ल्याएको हो ।
पछिल्लो समय विद्युतीय सवारी उपयोगिता बढ्दै गएका कारण इटहरीको पश्चिम लाइनमा नयाँ मोडलको औपचारिक सोरुम खोलिएको कम्पनीले जनाएको छ ।
यसअघि सार्वजनिक भएको ‘रिज्टा जेड’ ले राम्रो प्रतिक्रिया पाएपछि त्यसको विस्तारका रूपमा ‘रिज्टा एस’ ल्याइएको वितरक कम्पनीका सीईओ सूर्यांश वैद्यले बताउनुभयो । उहाँका अनुसार स्कुटर नेपाली परिवार र दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको छ ।
सो स्कुटरले सहज, भरपर्दो र व्यावहारिक अनुभव प्रदान गर्नेछ । रिज्टा एसले अधिकतम १२३ किलोमिटर रेन्ज दिने, १० मिनेट चार्ज गर्दा करिब १५ किलोमिटर चल्ने बताइएको छ । ३४ लिटरको ठूलो अन्डर सिट स्टोरेज र ८० किमी प्रतिघण्टा अधिकतम गति प्रदान गर्ने बताइएको छ ।
स्कुटर खरीद गर्ने शुरुका १५० ग्राहकलाई २० हजार रुपैयाँसम्मको विशेष छुट दिने घोषणा पनि गरिएको छ ।





