Sunday, March 29, 2026
Homeराजनीतिइञ्जिनियर सुनिल लम्साल बने भौतिक पूर्वाधार तथा यातायात मन्त्री

इञ्जिनियर सुनिल लम्साल बने भौतिक पूर्वाधार तथा यातायात मन्त्री

बुटवलः पूर्वाधार क्षेत्रमा काम गर्दै आएका रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सुनिल लम्साल भौतिक पूर्वधार तथा यातायात मन्त्री भएका छन् । उनी रूपन्देही–१ मा ५४ हजार ८४५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ घर भएका ३५ वर्षीय लम्सालले काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर हुँदा सचिवालयमा रहेर पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए ।

उनले फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई केन्द्रमा रहेर काम गरेको सचिवालयले जनाएको छ ।

लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ गरेका लम्साल हाल काठमाडौं विश्वविद्यालयबाट फोहोर व्यवस्थापनमा विद्यावारिधी अध्ययनरत छन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका योजनामा समेत काम गरेका लम्साल लुम्बिनी इञ्जिनियरिङ कलेजमा स्ववियु सभापति समेत निर्वाचित भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments