कञ्चनपुरः ३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छिन् । कञ्चनपुरको साधारण थारू परिवारमा जन्मिएकी गीताको जीवनी सङ्घर्षले भरिएको छ ।
बाल्यकाल आर्थिक अभावमा बिताएकी उनले कानुन सङ्कायमा स्नातकोत्तर गरेकी छिन् । कानुनवेत्ताका रूपमा आफ्नो छवि बनाएकी उनी दीनहीनहरूको अधिवक्तासमेत थिइन् ।
आफ्नो क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई आइपरेको कानुनी झमेलामा उनले परामर्श दिएकी छिन् । आर्थिक रूपमा कमजोर रहेका व्यक्तिले भोगिरहेको जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले कानुनी सहायता प्रदान गरेकी थिइन् ।
२०६२–०६३ को आन्दोलपछि उनी नेकपा एमालेमा आबद्ध उनले अनेरास्ववियुबाट राजनीतिक यात्रा आरम्भ गरेकी थिइन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमाले त्याग्दै नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेद्वार बने पनि पराजित भएकी थिइन् ।





