Sunday, March 29, 2026
Homeराजनीतिस्वास्थ्यकर्मी निशा मेहता भइन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

स्वास्थ्यकर्मी निशा मेहता भइन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

विराटनगरः कोशी प्रदेशबाट मन्त्री हुने एक मात्र मन्त्री भएकी छिन् निशा मेहता । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेकी छिन् ।

सुनसरीको इनरूवाकी उनी रास्वपा केन्द्रीय सदस्यसमेत हुन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । उनको नाम समानुपातिकतर्फ पार्टीले २०७९ को निर्वाचनमा पनि राखेको थियो ।

२०४४ साल साउन २२ गते इनरूवामा जन्मेकी उनी रास्वपामा स्थापनाकालदेखि नै सक्रिय थिइन् । उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् ।

प्रतिनिधि सभा सांसद निर्वाचित हुनुअघिसम्म उनले विराट टिचिङ अस्पतालमा काम गरेकी थिइन् । उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको प्रशासन सचिवका रूपमा स्वास्थ्य शिविर सञ्चालनमा पनि भूमिका खेलेकी थिइन् ।

मेहताका श्रीमान् डा. सरोज सिंह हुन् । प्रहरी नायव उपरीक्षक सरोज कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुखको रुपमा कार्यरत छन् ।

मन्त्रालयमा शुक्रबार आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिइन् । मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments