Sunday, March 29, 2026
Homeसमाचारनयाँ सदस्यलाई अभिमुखीकरण तालिम दिँदै इन्द्रपुर जेसीज

नयाँ सदस्यलाई अभिमुखीकरण तालिम दिँदै इन्द्रपुर जेसीज

विराटचोकः शनिबार इन्द्रपुर जेसीजले नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । आफ्नो सचिवालयमा आयोजित कार्यक्रममा ३० जना इन्द्रपुर जेसीजका र २० जना इन्द्रपुर जुनियर जेसीजका गरी ५० जना नयाँ सदस्यहरूलाई औपचारिक रूपमा आबद्ध गराई अभिमुखीकरणतालिम दिइएको हो ।

इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष उत्सव र तथा पूर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्षका सल्लाहकार कृष्णप्रसाद ओझाले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

उहाँहरूले संस्थाको लक्ष्य, उद्देश्य र कार्यप्रणालीबारे जानकारी गराउनुका साथै नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी प्रशिक्षण दिनुभएको अध्यक्ष समीर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेतले गर्नुभएको थियो । पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार (वर्ष २०२६) रोहित साह प्रमुख अतिथिको रुपमा काम गर्नुभएको थियो ।

बोर्ड अफ ट्रस्टिजका अध्यक्ष यज्ञप्रसाद ढकालले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको संयोजन निर्मल अधिकारीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन अजित बान्तवाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments