सुन्दरहरैंचाः मौद्रिक नीतिको समीक्षापछि घटेको ब्याजदरले माघ महिनामा पनि निरन्तरता पाएको छ । वाणिज्य तथा विकास बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् ।
जसअनुसार पुस महिनामा ८ दशमलव ९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८ दशमलव १६ प्रतिशत बिन्दुमा झरेको छ । बैंकहरुको औसत ब्याजदर ० दशमलव ८२ प्रतिशत विन्दु घटेको हो ।
सबैभन्दा बढी ब्याजदर घटाउने बैंक प्राइम कमर्सियल बैंक रहेको छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेको यस बैंकले माघ महिनामा ८ दशमलव १ प्रतिशत मात्र ब्याज दिने भएको छ ।