काठमाडौंः नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।
आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
खड्का कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । उनी नेपाल बार एसोसिएसनका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।
नेपाली कांग्रेसले असोजमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।





