Wednesday, March 25, 2026
Homeअपराधयुगाण्डाका २० महिला ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ

युगाण्डाका २० महिला ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ

काठमाडौंः प्रहरीले काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलालाई पक्राउ गरेको छ ।

युगाण्डाका बासिन्दा उनीहरूले ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू २३ देखि ४५ वर्षको बीचको उमेरका महिला रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments