Wednesday, March 25, 2026
Homeअर्थशेयरसाढे २४ अङ्कले घटेको बजारमा १५ अर्ब रुपैयाँको शेयर किनबेच

साढे २४ अङ्कले घटेको बजारमा १५ अर्ब रुपैयाँको शेयर किनबेच

विराटचोकः आज बजार खुल्नासाथ हरियो बत्ती बालेर त्यसपछि राताम्य भएको नेप्से परिसूचक बजार बन्द हुँदा २४.४५ अङ्कले घटेर २९३५.९४ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १ लाख ३८ हजार २५६ पटक किनबेच हुँदा १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँको शेयर किनबेच भएको छ ।

उत्पादन समूह र व्यापार समूहबाहेक बाँकी सबै समूह राताम्य भएको बजारमा उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढेको छ ।

विकास बैंक समूह सर्वाधिक २.३२ प्रतिशतले घट्दा फाइनान्स समूह २.०९ प्रतिशत, अन्य समूह १.७० प्रतिशत, लघुवित्त समूह १.६४ प्रतिशत, सामुुहिक लगानी कोष समूह १.६४ प्रतिशत, बैंकिङ समूह १.४० प्रतिशत, जीवन बीमा समूह १.३९ प्रतिशत, निर्जीवन बीमा समूह १.१५ प्रतिशत, जलविद्युत समूह ०.१६ प्रतिशत, लगानी समूह ०.५३ प्रतिशत र होटल तथा पर्यटन समूह ०.०५ प्रतिशतले घटेको छ ।

बजार घटे पनि ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रो, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

घट्न थाल्यो सालपा विकास बैंकको मूल्य
सूचक घटेको बजारमा आज अभियान लघुवित्तको शेयरमूल्य ७.७४ प्रतिशतले घटेको छ । आईपीओ सूचीकृतपछि लगातार १८ दिन १० प्रतिशत मूल्य बढेको सालपा विकास बैंकको शेयरमूल्य आज ७ प्रतिशत घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महुली लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, मेरो माइक्रोफाइनान्स उच्च दरले मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४९ खर्ब, ८० अर्ब १३ करोड ४ लाख ८२ हजार ७१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments