काठमाडौंः प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यमध्येका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
आज बिहान प्रतिनिधसभाका ज्येष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा केसीले शपथ ग्रहण गर्नुभएको हो ।
प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने कानुनी व्यवस्था रहेको छ ।
सोहीअनुसार सिंहले आज शपथ ग्रहण गर्नुभएको हो । प्रतिनिधिसभाका बाँकी २७४ जना सदस्यलाई केसीले बिहीबार शपथ ग्रहण गराउनुहुनेछ ।





