इटहरीः सुनसरीको इटहरी– ६ मा रहेको पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरमा आज आगलागी भएको छ ।
आज बिहान शुरु भएको सो आगलागीको कारण खुल्न सकेको छैन । आगलागीको कारण सो क्याफे वरपरका र टाँसिएका घरहरू जोखिममा परेका छन् । आइसक्रिम पार्लरको भान्सा कोठाबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यलाय इटहरी , इटहरी उपमहानगरपालिकाका नगरप्रहरी तथा स्थानीय र सुनसरीका विभिन्न पालिकाका दमकलले प्रयास गरिरहेका छन् ।
आगलागीको कारण खुलेको छैन । विस्तृत विवरण आउन बाँकी रहेको छ ।





