काठमाडौंः नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।
उपचारका क्रममा उहाँको आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्युरो हस्पिटलमा भर्ना गरिएको थियो । उहाँको पार्थिव शरीरको भोलि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आउनुभएको थियो ।
स्वर्गीय आचार्यका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।





