विराटचोकः उतारचढावका बीच आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २९३६.५६ विन्दुमा बन्द भएको छ ।
बढेको बजारमा ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा १५ अर्ब, ७८ करोड, ६३ लाख, १३ हजार, ४४० रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ ।
नेप्सेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५३ प्रतिशतले बढेको छ । जलविद्युत समूह ०.९६ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.८८ प्रतिशत, लगानी समूह ०.७२ प्रतिशत, लघुवित्त समूह ०.४३ प्रतिशत, फाइनान्स समूह ०.२० प्रतिशत र अन्य समूह ०.०१ प्रतिशतले बढेका छन् ।
बजार बढे पनि सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ०.८६ प्रतिशतले घटेको छ । व्यापार समूह ०.५९ प्रतिशत, विकास बैंक समूह ०.५० प्रतिशत, जीवन बीमा समूह ०.४८ प्रतिशत, बैंकिङ समूह ०.२७ प्रतिशत र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले घटेका छन् ।
बढेको बजारमा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयरमूल्य १० प्रतिशत बढेको हो ।
बढेको बजारमा सनराइज फस्र्ट म्युचुअल फण्डको इकाईमूल्य ३.७१ प्रतिशलते घटेको छ । कुमारी धनवृद्धि योजना, सिन्धु विकास बैंक, सिटिजन्स सन्तुलित योजना र स्वस्तिक लघुवित्त वित्तीय संस्था शेयरमूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब ८ करोड २२ लाख ५७ हजार ३६९ रुपैयाँ कायम भएको छ ।





