सुन्दरहरैंचाः गछिया जेसीजको १० औँ पदस्थापन शुक्रबार सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष प्रदीप विष्टको गलामा लगाइएको चेन वर्ष २०२४ का अध्यक्ष ध्रुव निरौलाको गलामा लगाई पदस्थापन तथा शपथ ग्रहण सम्पन्न भएको हो ।
जेसीजको नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा पुष्पा सिग्देल र निराजन धमला तथा कानुनी सल्लाहकारमा पप्पु शाह चयन भएका छन् । महासचिवमा प्रदीप खतिवडा, कोषाध्यक्षमा रोहित लिम्बू, उपाध्यक्षहरूमा पवित्रा गौतम भण्डारी, रिसल भण्डारी, गंगा सिग्देल, विनोद भट्टराई तथा सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारीमा सुमित्रा भट्टराई चयन भएका छन् ।
सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गछिया जेसीजका पूर्व अध्यक्षहरुद्वारा स्थापित सम्मान जेसीजकर्मीलाई प्रदान गरिएको थियो ।
गछिया जेसीजको अध्यक्षमा ध्रुव निरौला चयन