सुन्दरहरैंचाः गछिया जेसीजको मङ्गलबार सम्पन्न निर्वाचनबाट आगामी वर्ष २०२४ का लागि अध्यक्षमा ध्रुव निरौला चयन भएका छन् ।
निर्वाचनमा खसेको ११० मतमध्ये निरौलाले ८७ मत र शान्तिराम श्रेष्ठले २३ मत प्राप्त गरे ।
कार्यकारिणी उपाध्यक्षमा निराजन धमला ६२ मत र पुष्पा ढुङ्गेल ५५ मत पाएर विजयी भए । निश्चल घिमिरेले ४७ मत र सुदन भट्टराईले ३५ मत ल्याए ।
त्यस्तै, महासचिवमा प्रदीप खतिवडा, कानुनी सल्लाहकारमा पप्पु शाह, कोषाध्यक्षमा; सिरेंग रोहित चयन भएका छन् ।
४ जना उपाध्यक्षमा गंगा सिग्देल, पवित्रा भण्डारी, रिसाल भण्डारी र विनोद भट्टराई चयन भएका छन् ।
सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारीमा सुस्मिता भट्टराई चयन भएका छन् ।