विराटचोकः प्रतिनिधि सभाका हालै निर्वाचित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ चैत ११ गते हुने भएको छ ।
७८ वर्षीय केसी नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । केसी समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुहुनेछ ।
त्यसपछि भोलिपल्ट चैत १२ गते ज्येष्ठ सदस्यले बाँकी सबै सांसदलाई शपथ ग्रहण गराउनुहुनेछ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार ज्येष्ठ सदस्य केसीको शपथ चैत ११ गते बिहान हुने भएको छ ।





