Monday, March 23, 2026
Homeसमाचारशुरु भयो राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआबद्धता, छुट्टाछुट्टै फारम भर्नुपर्ने...

शुरु भयो राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआबद्धता, छुट्टाछुट्टै फारम भर्नुपर्ने झण्झट अन्त्य

काठमाडौंः सरकारले केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह शुरु गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सो जानकारी दिएका हुन् । सेवाग्राहीले अब एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ । गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्न गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments