Sunday, March 22, 2026
Homeराजनीतिगगनले पार्टी अध्यक्षबाट दिएको राजीनामा अस्वीकृत

गगनले पार्टी अध्यक्षबाट दिएको राजीनामा अस्वीकृत

विराटचोकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत भएको छ ।

गत महिना सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिनुभएको थियो । शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । बैठकले शर्माको प्रस्तावमा समर्थन जनाएको प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments