Sunday, March 22, 2026
Homeअर्थशेयर२९०० माथि पुग्यो शेयर बजारसूचक नेप्से, साढे २३ अर्बको कारोबार

२९०० माथि पुग्यो शेयर बजारसूचक नेप्से, साढे २३ अर्बको कारोबार

विराटचोकः साताको पहिलो दिन आज शेयर बजार खुलेदेखि नै निरन्तर बढिरह्यो । क्रमिक रुपमा बजार बढ्दा कारोबार रकम पनि साढे २३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । नेप्से परिसूचक आज साढे ५४ अङ्क बढेको छ ।

नेपाल स्टक एक्सचेन्जको सूचकले आज १.८९ प्रतिशत बढेर २९३१.५५ बिन्दुमा विश्राम गर्दा साढे २३ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २ लाख ४ हजार ९५५ पटक किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँको शेयर किनबेच भएको हो । व्यापार समूहको सूचकमा ०.११ प्रतिशतले घटेबाहेक बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ ।

आज माइक्रोफाइनान्स समूहमा सबैभन्दा धेरै ४.२१ प्रतिशतको वृद्धि देखिएको छ । होटल तथा पर्यटन समूह ३.०५ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह २.७२ प्रतिशतले बढेको छ ।

बैंकिङ समूह २.४९ प्रतिशत, विकास बैंक समूहमा २.४६ प्रतिशत र बित्त समूहमा २.१३ प्रतिशतले बढेको छ । जीवन बीमा समूह २ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.९३ प्रतिशत, अन्य समूह १.७१ प्रतिशत, सामुहिक लगानी कोष समूह १.२४ प्रतिशत, जलविद्युत समूह ०.३३ प्रतिशत र लगानी समूह ०.७७ प्रतिशतले बढेका छन् ।

कुमारी बैंकको धेरै कारोबार
आज कुमारी बैंकको मात्रै ८५ करोड ९६ लाख १५ हजार ६८३ रुपैयाँको शेयर किनबेच भएको छ । नेशनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप पावर, हिमाल दोलखा हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, रिडी हाइड्रोपावर, बलेफी हाइड्रोपावर तथा सानिमा मिडल तमोर हाइड्रो उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

७ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

बजार बढेसँगै आज ७ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । जसमा अधिकांश भर्खरै प्राथमिक शेयर सूचीकृत भएका कम्पनी परेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् । सबैभन्दा बढी एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ताहरुले ५ दशमलव ७१ प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४९ खर्ब ६८ अर्ब ५९ करोड ७ लाख ७३ हजार ३६२ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments