Saturday, March 21, 2026
Homeधर्म र संस्कृतिआज मत्स्य जयन्ती मनाइँदै

आज मत्स्य जयन्ती मनाइँदै

विराटचोकः हिन्दू धर्मावलम्बीहरू आज मत्स्य जयन्ती मनाउँदैछन् । हिन्दू धर्ममा भगवान विष्णुको मत्स्य अवतारको वर्णन छ । भगवान विष्णुको यो अवतार ठूलो माछाको अवतार हो ।

भगवान विष्णुले हयग्रीव नामक राक्षसबाट पृथ्वीको रक्षा गर्न विशाल मत्स्य (माछा) को अवतार ग्रहण गर्नुभएको थियो । माछाको रूप लिएर भगवानले फेरि दानवको छोराबाट वेद प्राप्त गर्नुभएको थियो ।

त्यसैले यस दिन व्रत बसेर भगवान विष्णुको मत्स्य अवतारको पूजा गरिन्छ । यस दिन पवित्र नदीमा स्नान, पूजा र व्रत गर्नाले शरीर र मनको शुद्धि हुने र दुःख–कष्ट हट्ने जनविश्वास छ ।

भगवान विष्णुले मत्स्य अवतार लिएर पृथ्वीलाई बाढीबाट बचाएको पौराणिक कथन पनि छ ।

भगवान विष्णुले हयग्रीव नामक राक्षसलाई पनि मार्नुभएको थियो । हयग्रीवले वेद चोरेर समुद्रको गहिराइमा लुकाएका थिए । यसरी भगवान विष्णुले मत्स्य अवतारमा देखा परेर वेदको रक्षा गरेको विश्वास गरिन्छ ।

मत्स्य अवतारलाई भगवान विष्णुको पहिलो अवतार मानिन्छ । मत्स्य जयन्ती प्रत्येक वर्ष चैत्र शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । यस विशेष दिनमा भगवान विष्णुको मत्स्य अवतारको पूजा गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments