विराटचोकः आज विभिन्न कार्यक्रमका साथ विश्व कविता दिवस मनाइँदैछ ।
पाँच हजार ८४ वर्ष अगाडि मुन्धुममा येहाङ्ले ‘येहाङ खाहुन’ उपदेश, कविता वाचन गरेको पाइन्छ । ४ हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।
१९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा सन् २००२ देखि नियमित रूपमा विश्व कविता दिवस मनाउन थालिएको छ ।
दिवसको अवसरमा आज देशभर विभिन्न साहित्यिक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् ।





