हरैंचाः इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरी टोलीले गाउँघरमा लुकेर बसेको अवस्थामा सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा मोरङ जिल्ला अदालत विराटनगरको २०८१ असोज ४ गतेको फैसलाले उनलाई २ वर्ष ११ महिना ५ दिन कैद र ३२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
मोरङको ग्रामथान गाउँपालिका वडा नं. ७ बस्ने ३२ वर्षीय भाइराजा सरदार थारुलाई प्रहरीले हिजो पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला कारागार मोरङमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





