Saturday, March 21, 2026
Homeराजनीतिसमानुपातिकतर्फ बागमती प्रदेशका सांसद सबैभन्दा धेरै, मधेशका सबै जिल्लाबाट प्रतिनिधित्व

समानुपातिकतर्फ बागमती प्रदेशका सांसद सबैभन्दा धेरै, मधेशका सबै जिल्लाबाट प्रतिनिधित्व

विराटचोकः समानुपातिकतर्फ निर्वाचित भएकाहरूको नागरिकता जारी भएको जिल्लाअनुसार सबैभन्दा धेरै सहभागिता बागमती प्रदेशमा देखिन्छ । यहाँबाट विभिन्न दलका ३६ जना नेताहरू सांसद बनेका छन् ।

बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन, मकवानपुर र दोलखाबाट ३६ जना सांसद निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट २२ जना र मधेश प्रदेशबाट १८ जना समानुपातिकतर्फ निर्वाचित भएका छन् ।

कोशी प्रदेशका ताप्लेजुङ, मोरङ, सुनसरी, झापा, पाँचथर, संखुवासभा र सोलुखुम्बुबाट २२ जना तथा मधेश प्रदेशका सबै जिल्लाबाट १८ जना निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशका गोरखा, बाग्लुङ, तनहुँ र स्याङ्जाका सात जना, लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, बर्दिया, पाल्पा र नवलपरासीका १३ जना, कर्णाली प्रदेशका सुर्खेत र कालिकोटका चार जना र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछामका १० जना निर्वाचित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

आज ईद उल फितर मनाइँदै

आज गौरी व्रत पर्व

आज मत्स्य जयन्ती मनाइँदै

आज विश्व कविता दिवस

Recent Comments