काठमाडौंः नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जीत हात पार्दै बहुमत प्राप्त गरेको छ ।
रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेको थियो । रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ
संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ ।





