Friday, March 20, 2026
Homeसमाचारचैत १२ देखि १६ सम्म विराटनगरमा ‘घर निर्माण’ प्रदर्शनी हुँदै

चैत १२ देखि १६ सम्म विराटनगरमा ‘घर निर्माण’ प्रदर्शनी हुँदै

विराटनगरः उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी २०८२’ सीआईएम होम बिल्ड एक्जिबिसन २०२६ आयोजना हुने भएको छ ।

निर्माण क्षेत्रको समग्र विकास र उपभोक्ता सचेतनालाई प्राथमिकता दिँदै होम बिल्ड एक्जिबिसन २०२६ आयोजना गरिने भएको उद्योग संगठनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । निर्माण व्यवसाय क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिइएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा ‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना हुने जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments